Students and Teachers Forum

ल्यापटप - मलाई बुबाले विदेशबाट ल्यापटप पठाइदिनु भयो ।  मेडल - कृष्णले खेलकुदमा थुप्रै मेडल .....

रोयल मेडल, कप्ली मेडल, याम्फोर्ड मेडल, अल्बर्ट मेडल, सन अक्सफोर्ड, इन्स्टिच्युट, स्विडिस, .....

                                                         पेले संसारमा थोरै .....

फ्लोरेन्स नाइटिङ्गेलको जन्म सन् १८२० मे १२ मा इटालीमा भएको थियो । उनी फेनी स्मिथ र विलियम .....

माइकल फेराडेले जीवनको उत्तरार्धमा थुप्रै पैसा आउने जागिर पाए तर उनले छँदाखाँदाको जागिर .....

उमानाथले आफ्ना कुरा सुनाउनका लागि 'लसुन' भनेकारहेछन् । हरिलेचाँहि खाने लसुन भन्ने बुझेर .....

व्यावहारिक शिक्षा अन्य शिक्षाको तुलनामा ज्यादै जीवनोपयोगी हुन्छ र त्यसलाई जीवनमा उतार्न पनि .....

.....

(क) जब उसलाई सर्पले टोक्यो तब उसले उपचार गयो । (ख) सुमित्रा बजार गएर स्वागत मिश्रलाई भेटिन् । (ग) .....

.....

कर्मशीलताले नै मानिसको जीवन चम्कन्छ । कर्मले मानिसलाई जीवनयापनका आवश्यक वस्तुहरूको .....

12. दिइएको अनुच्छेद पढी उत्तर लेख्नुहोस् :
प्रस्तुत विषयमा यस तालिम केन्द्रले माध्यमिक शिक्षा (कक्षा ९ - १०) नेपाली भाषा विषयका शिक्षकका लागि शिक्षण विधि र प्रविधिसम्बन्धी तालिमको आयोजना गर्न लागेको छ । त्यस केन्द्रबाट नेपाली भाषा पाठ्यक्रममा समयानुकूल परिमार्जन गरी सोहीअनुरूप नयाँ पाठ्यपुस्तक विकास गर्ने कार्य भएको छ । परिवर्तित पाठ्यक्रमअनुरूप विकास गरिएका पाठ्यपुस्तक प्रयोगमा आइसकेका छन् । यसै सन्दर्भमा परिमार्जन गरिएका माध्यमिक शिक्षा (कक्षा ९-१०) पाठ्यक्रम, २०७८ अनुरूप नेपाली विषयको शिक्षणमा अपनाउनुपर्ने सिकाइ सहजीकरणका विभिन्न प्रक्रिया र शिक्षणविधिबारे छलफल र अन्तरक्रिया गरी सिकाइलाई प्रभावकारी बनाउने उद्देश्य यस तालिम केन्द्रले लिएको छ ।
प्रश्नहरू
(क) तालिम कहिलेदेखि कहिलेसम्म आयोजना गरिएको छ ?
(ख) तालिम कति कक्षाका शिक्षकका लागि आयोजना गर्न लागिएको हो ?
(ग) तालिम कुन विषयका शिक्षकका लागि दिन लागिएको छ ?
(घ) तालिमको आयोजना किन गरिएको रहेछ ?

(क) तालिम २०७८ चैत २० गतेदेखि २३ गतेसम्म आयोजना गरिएको छ ।  (ख) तालिम ९ र १० कक्षाका शिक्षकका .....

(क)चिठ्ठी शिक्षा तालिम केन्द्र, रूपन्देहीले पाठयक्रम विकास केन्द्र, सानोठिमी भक्तपुरलाई .....

14. दिइएको अंश पढ्नुहोस् र कार्यालयीय चिठीको संरचना र शैलीअनुसारका कुरा माथिका चिठीमा कहाँ कहाँ परेका छन्, पत्ता लगाउनुहोस् :
एउटा कार्यालयले अर्को कार्यालय वा व्यक्तिलाई पठाउने चिठी कार्यालयीय चिठी हो । यस्तो प्रकारको चिठीमा सबैभन्दा माथि दायाँतिर मिति लेखिन्छ । बायाँतिर सम्बन्धित कार्यालयको नाम र ठेगाना वा कार्यालय प्रमुखलाई उचित सम्बोधन गरी कार्यालयको ठेगाना लेखिन्छ । त्यसभन्दा तल विषय लेखिन्छ । त्यसपछि विषयको केन्द्रीयतामा आवश्यक सूचना र विवरण व्यक्तिको नाम, पद र कार्यालयको नाम राखिन्छ । अन्य कार्यालयलाई बोधार्थ दिनुपर्ने हो भने बोधार्थ दिइएका व्यक्ति वा कार्यालयको नामावलीसमेत दिइन्छ ।
 

एउटा कार्यालयले अर्को कार्यालय वा व्यक्तिलाई पठाउने चिठ्ठी कार्यालयीय चिठ्ठी हो । यस्तो .....

शिक्षण- शैक्षिक सामग्रीको प्रयोगले शिक्षण प्रभावकारी हुन्छ । पाठ्यक्रम - पाठ्यक्रम अनुरूप .....

वेत्ता -विज्ञ काम- कार्य पत्यार- विश्वास नवीन- नयाँ रूपान्तरित-परिवर्तित प्रसङ्ग- .....

शब्द                                   अर्थ तालिम                        .....

.....

                                                                      .....

सक्षम, क्षण, छ्यूँ, पछ्याउनु, दक्ष, .....

.....

(क) शिक्षण पेसामा समर्पित शिक्षक कर्मशील हुन्छन् । त्यसैले शिक्षक प्राज्ञिक व्यक्तित्वका .....

(क) लमजुङ्का बासिन्दा सञ्जय गुरुङकै सक्रियतामा खोलिएको लमजुङ सायित्य प्रतिष्ठानले प्रत्येक .....

संश्लेषित वाक्य क) माध्यमिक शिक्षा (कक्षा ९-१०) पाठ्यक्रम, २०७८ अनुरूप परिमार्जन गरिएका नेपाली .....

मुरलीधर शशीधरका जेठा बुबा थिए। कुनै कारणले उनका बुबा विवाहमा उपस्थित हुन सकेनन् होला । छोराको .....

(क) मुरलीधर दुलहीका घरमा पुगेर सुटुक्क फलैँचामा बसे । (ख) मुरलीधरले छोरालाई “नानी चिरञ्जीवी .....

तपाई श्री निधी कार्की २०७८ सालको शिक्षक सेवा आयोगको लिखित परीक्षामा सफल हुनु भएकामा खुसी .....

                                                                      .....

.....

30. दिइएको घरायसी चिठीको नमुना पढी आफ्नो क्षेत्रमा रहेको कुनै ऐतिहासिक वा सांस्कृतिक स्थलको भ्रमण गर्न अनुरोध गर्दै साथीलाई चिठी लेख्नुहोस् :

                                                भाइलाई चिठी
                                                                                                       २०७९/०८/१४
                                                                                                          दुनै, डोल्पा
प्यारो भाइ समीर,    
सप्रेम सम्झना ।

म यहाँ आराम छु, आरामको कामना गर्दछु । तिमीले पठाएको पत्र पाएँ । तिमीले पत्रमा आफ्नो पढाइलाई अझ कसरी राम्रो पार्न सकिन्छ भनी जिज्ञासा राखेका रहेछौ । मलाई त्यो पत्र पढ्दा साह्रै खुशी लाग्यो किनभने तिमी त्यसै पनि पढाइमा अब्बल नै छौ । तिमीमा पढ्ने भोक जागेको देखेर मलाई आनन्द आयो । तिमीमा यस्तै जिज्ञासा रह्यो भने यो दशकभित्र राष्ट्रको होनहार नागरिक बन्ने सङ्केत तिमीमा पाएकी छु । प्रधानाध्यापकको जिम्मेवारी वहन गरेकी दिदीबाट पक्कै पनि उचित मार्गनिर्देशन होला भनेर तिमीले पत्र लेखेका हौला भन्ने मलाई लाग्यो । 
भाइ समीर, पढाइलाई कसरी अझ राम्रो पार्ने भन्ने तिम्रो प्रश्नका अनेकौँ उत्तर हुन् सक्छन् । कक्षाकोठामा पढेका कुरालाई राम्ररी बुझेर आफ्नै शब्दमा भन्न सक्नु, लेख्न सक्नु र पढेका कुरालाई व्यवहारमा प्रयोग गर्न सक्नु पनि पढाइ नै हो । त्यसैले तिमीले पढ्ने बेला सरसर्ती पाठ पढेर सक्ने मात्र होइन, हरेक अनुच्छेदमा मुख्य मुख्य कुरा कहाँ छन् तिनलाई पहिचान गरेर पढ्यौ भने बुझाइ दिगो हुन सक्छ । पढ्ने सबैभन्दा राम्रो अर्को तरिका आफ्नो नोट आफैँ बनाउनु हो । मुख्य मुख्य कुरा टिपेर नोट बनाउँदा सम्झन सजिलो हुन्छ । शिक्षकले पढाएका बेला मुख्य मुख्य कुरा टिपोट गर्ने र घरमा गई पाठ्यपुस्तक पढेर आफ्नै भाषामा नोट बनाई पढ्ने तरिका नै उत्तम तरिका हो ।आफूले लेखेका कुरा प्रायः मानिसले बिर्सदैनन् । प्रायजसो विद्यार्थीमा लेखाइलाई पटक पटक अभ्यास, परिष्कार र परिमार्जन गर्ने बानी देखिँदैन । तिमी जस्तो अध्ययनशील भई वर्षभरि पढेर एकै पटक परीक्षामा मात्र राम्ररी लेख्छु भन्यो भने त्यसको राम्रो नतिजा नआउन सक्छ । नयाँ विषयवस्तुका बारेमा प्रशस्त खोजीनिती गर्नुपर्छ । पढ्ने विद्यार्थी आफैँले पाठबाट अनेक खालका प्रश्न बनाउने, ती प्रश्नको उत्तर मनमनै गुन्ने अनि लेखेर अभ्यास गर्ने बानी बसाल्यो भन्यो परीक्षासँग त्रसित हुने बानी हट्नुका साथै विद्यार्थीमा आत्मबल बढ्ने हुँदा तिमीले यस कुराको हेक्का राख्ने नै छौ भन्ने मैले विश्वास लिएकी छु ।
भाइ, राम्ररी पढ्नका लागि सैद्धान्तिक कुरालाई पनि प्रायोगिक र व्यावहारिक बनाएर पढ्ने बानी गर्यो भने पढाइ प्रभावकारी हुन्छ । नेपाली विषयमा कथा, कविता, निबन्ध लेख्नका लागि कतिपय विद्यार्थी घोक्न वा कण्ठ गर्नतिर लागेको पाइन्छ । कथा कविता कसरी लेख्ने भन्ने सिद्धान्त पढेर मात्र कथा कविता लेख्न सकिन्न । आफूले यस्तो रचना गर्नुपर्ने छ भने अरूले लेखेका कथा, कविता पढ्दा सजिलैसँग कथा, कविता लेख्ने आत्मबल बढ्छ । प्रयोगात्मक कार्यबाट हुने सिकाइ स्मरणका लागि बढी प्रभावकारी हुन्छ । उदाहरणका लागि खिर पकाउने तरिका जान्न पढेरभन्दा भान्छामा गएर पकाएको हेरेर वा आफैँ पकाएर राम्रोसँग सिक्न सकिन्छ । पढेका विषयवस्तुमा साथीहरूसँग अन्तरक्रिया गर्ने अनि नबुझेका कुरा शिक्षकलाई सोध्ने गर्नुपर्छ । त्यसैगरी पढेका कुरालाई मनमनै गुन्ने, पढ्ने समयतालिका बनाउने र बुँदाहरूको तालिका बनाएर देखिने गरी टाँस्ने गर्दा राम्रो हुन्छ । आफूले पढेका कुरालाई बारम्बार स्मृतिमा ल्याउने र पठन संस्कृतिलाई निरन्तरता दिने गयौ भने पक्कै पनि तिम्रो पढाइमा झन् प्रगति हुने छ । म घर आउँदा तिमीलाई केही ज्ञानवर्धक किताबहरू ल्याइदिने छ । आफ्नो लक्ष्यमा पुग्न तिमीले थप मिहिनेत र प्रयास गर्ने छौ भन्ने विश्वास गरेकी छु । ल त बाबु आजको पत्र यतिमै टुङ्ग्याउँछु । केही बाँकी भए फोनमा कुरा गर्दै गरौंला ।
                                                                                                 तिम्री प्यारी दिदी
                                                                                                   सङ्गीता ढकाल

 

                                                    खामको नमुना

                                          साथीलाई चिठ्ठी                 .....

                                 श्री शिक्षा सदन माध्यमिक विद्यालय           .....

                                        पाठ्यक्रम विकास केन्द्र            .....

33. दिइएको रेडियो सन्दर्भ पढ्नुहोस् र तोकिएको कार्य गर्नुहोस् :
म जनता माध्यमिक विद्यालयमा पढ्छु । मेरो विद्यालयमा आधारभूत र माध्यमिक तहको पठनपाठनका लागि अलग अलग भवन छन् । विद्यालयको बिचमा ठुलो चउर छ । उक्त चउरमा हामी खेल खेल्छौं । चउरनजिकै रहेको भवनमा हाम्रो कक्षाकोठा छ । कक्षाकोठामा बेन्च र डेस्क मिलाएर राखिएको छ । कक्षाकोठामा किताब राख्न मिल्ने यकसहितको टेबुल छ । प्रत्येक विषयका महत्त्वपूर्ण शैक्षिक सामग्री भित्तामा सजाएर राखिएको छ । कक्षाकोठाको सौन्दर्य देखेर सबै शिक्षकले हाम्रो प्रशंसा गर्नुहुन्छ । माथिको सन्दर्भ जस्तै तपाईं पनि आफ्नो विद्यालयको अवस्था वर्णन गर्नुहोस् ।
 

म शिक्षा सदन माध्यमिक विद्यालयमा पढ्छु । मेरो विद्यालयमा अध्ययन अध्यापनका लागि भवनहरू .....

कोभिड-१९ (कोरोना) महामारीका कारण विद्यालयका सम्पूर्ण शैक्षिक गतिविधिहरू बन्द भएपछि इनरुवा .....

बुदाहरू: १. बहुजातीय र बहुसांस्कृतिक मुलुक हुनु नेपालको गौरवमय अतीत र सुन्दर वर्तमान हुनु, २. .....

नौमती बाजा नौ वटा बाजाहरूको सामूहिक बाजा हो । यो पञ्चैबाजाको ठुलो रूप हो । यो पञ्चैबाजाको ठुलो .....

(क) नेपलाका नेवार जातिमा कुन कुन बाजा प्रचलित छन् ? (ख) पिपरी नामको बाजा कुन जातीको बाजा हो ? (ग) .....

नेपाली लोकबाजाहरू फरक फरक रूप तथा प्रकारका छन् कोही रेटेर बजाइन्छ भने कोही फुकेर हावाले, कोही .....

39. दिइएको अनुच्छेद पढ्नुहोस् र सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
नेपालको सुदूरपश्चिम प्रदेशअन्तर्गत कञ्चनपुर जिल्लामा दोधारा चाँदनी नगरपालिका पर्छ । नेपालको महाकाली नदीपारि रहेका साविकका चाँदनी र दोधारा दुई गा.वि.स. समावेश गरी यस नगरपालिकाको नाम दोधारा चाँदनी नगरपालिका जुराइएको हो । यस नगरपालिकाको उत्तर, पश्चिम र दक्षिणमा भारत रहेको छ भने पूर्वमा महाकालीपारि भीमदत्त नगरपालिका र शुक्लाफाँट वन्यजन्तु आरक्ष रहेका छन् । यहाँ विभिन्न जातजाति तथा धर्म मान्ने व्यक्तिको बसोबास रहेको छ यहाँको स्थानीय बासिन्दाको औसत पारिवारिक आम्दानीमा कृषि व्यवसायले सबैभन्दा ठूलो हिस्सा ओगटेको छ । यसका साथै उनीहरूको आम्दानीका अन्य स्रोतमा व्यापार, नोकरी र बैदेशिक रोजगारी रहेका छन् । यहाँ विभिन्न जातजाति र समुदायका मानिसको बसोबास रहेको छ । यहाँ दशैं, तिहार, माघी, होली, गौरा, कृष्णजन्माष्टमी, आइतबारी, छठपर्व, बुद्धजयन्ती, क्रिसमस आदि प्रमुख चाडपर्वका रूपमा मनाइन्छन्। महाकाली नदीमा रहेका नेपालको सबैभन्दा लामो झोलुङ्गे पुल तरेर यहाँका मानिस आवातजावत गर्छन् । यस नगरपालिकामा पुग्न महाकालीमा नयाँ पक्की पुल बनेको छ । यसले यहाँको विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ । 

(क) उत्तर दिनुहोस् :
(अ) दोधारा चाँदनी नगरपालिकाको नाम कसरी जुराइएको हो ?
(आ) त्यहाँको जनजीवन कस्तो रहेको छ ?
(इ) त्यस क्षेत्रमा मनाइने मुख्य चाडपर्वका नाम लेख्नुहोस् ।
(ई) अनुच्छेदका आधारमा त्यहाँको विकास निर्माणको अवस्थाबारे अनुमान गर्नुहोस् ।


(ख) भाषा संरचना पहिचान गर्नुहोस् :
(अ) पक्की, अपेक्षा, कृषि शब्दको अर्थ शब्दकोष हेरी लेख्नुहोस् 
(आ) 'आरक्ष' को अर्थ लेखी वाक्यमा प्रयोग गर्नुहोस् ।
(इ) 'यसले यहाँको विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।' वाक्यलाई
अकरण बनाउनुहोस् ।
(ई) 'यहाँ विभिन्न जातजाति तथा धर्म मान्ने व्यक्तिको बसोबास रहेको छ ।' वाक्यलाई अकरण बनाउनुहोस् ।

(क) उत्तर दिनुहोस् : (अ) नेपालको महाकाली नदीपारिका साविकका चाँदनी र दोधारा दुई गा.वि.स. समावेश गरी .....

(क) प्रस्तुत वाक्यांश कक्षा नौंको नेपाली पाठ्यपुस्तकको 'नेपाली लोकबाजा' शीर्षकको .....

(क) नेपाली लोकबाजाको इतिहास मानव सभ्यता जत्तिकै पुरानो छ । धर्म, पुराण हुँदै यो जातीय संस्कारका .....

42. दिइएको निबन्धांशको सन्दर्भ पढी सोधिएको प्रश्नको उत्तर दिनुहोस् : 
हाम्रो नेपाली धर्ती अनेकौँ मौलिक कला संस्कृतिको अनुपम सङ्ग्रहालय हो ! यहाँ फुलेका र फक्रेका अनेकौं सांस्कृतिक वैभवमध्ये हाम्रो लोकबाजा गौरव गर्न लायक सम्पत्ति हुन् । हाम्रो समाजमा प्रचलित तारले रेटेर, मुखले फुकेर वा गजाले ठोकेर सुरताल मिलाई विभिन्न अवसरमा बजाइने यस्ता यन्त्रविशेष वा वाद्यलाई नै लोकबाजा भनिन्छ । यिनीहरू नेपाली समाजको रहनसहन् जन्म, विवाह र मृत्युसंस्कारका साथै चाडपर्व, जात्रा, उत्सव, महोत्सव, मेलापात आदिसँग गाँसिएर आउँछन् । यी नेपाली लोकबाजा नेपाली समाजको मौलिक सभ्यता र संस्कृतिको शङ्खनाद गर्ने मौलिक पहिचानसमेत हुन् । नेपाली समाज सांस्कृतिक र जातीय विविधताले युक्त छ । यहाँका जातजातिले विभिन्न पर्व र संस्कारका अवसरमा बजाउने बाजामा पनि त्यस्तै विविधता पाइन्छ । हाम्रा नेपाली लोकबाजाको इतिहास खोज्दै जाने हो भने मानव सभ्यता जत्तिकै पुरानो हुनुपर्छ । पुराण वा मिथकमा वर्णित शिवजीले हातमा लिने डमरु, विष्णुका हातको शङ्ख र कृष्णका हातका मुरलीबाट पौराणिक कालदेखि नै बाजाको सुरुआत भएको मानिन्छ । 

प्रश्नहरू 
(क) नेपाली धर्तीलाई कुन कुराको अनुपम सङ्ग्रहालय मानिएको छ ?
(ख) लोकबाजालाई कसरी बजाइन्छ ?
(ग) कस्ता कस्ता संस्कारमा लोकबाजाको प्रयोग गरिन्छ ?
(घ) 'संस्कृतिको शङ्खनाद' भन्नाले के अर्थ बुझिन्छ ?
 

(क) नेपाली धर्तीलाई अनेकौं मौलिक कला संस्कृतिको अनुपम सङ्ग्रहालय मानिएको छ । (ख) लोकबाजालाई .....

(क) नेपाली लोकबाजा नौ अनुच्छेदमा संरचित छ । (ख) निबन्धको तेश्रो अनुच्छेदमा नौ ओटा वाक्य छन् । (ग) .....

डाँडापाखा, ठिक बेठिक, चाल चलन, नापनक्सा, धर्म कर्म, .....

विविधता - नेपाली लोकबाजामा विविधता पाउन सकिन्छ । लोकपरम्परा - नेपाली लोकपरम्परा अनुकूल बाजा .....

तत वाद्य यो लोकबाजाको एक वर्ग हो यसभित्र कोट्याएर वा आघात पारेर बनाइने एकतारे, वीणा, टुङ्गा .....

शब्द                  अर्थ उपेक्षा              तिरस्कार, वेवास्ता विविध       .....

सामाजिक समस्या समाधान गर्न- - शिक्षा तथा चेतनाको विस्तार, - गरिबी नियन्त्रण, - रोजगारीको अवसर .....

सामाजिक समस्या सिर्जना हुन सक्ने केही कारणहरू- गरिबी, बेरोजगारी, अशिक्षा, अज्ञानता, लोभ, .....

सामाजिक मूल्य र मान्यता विपरीत गरिने व्यवहार र क्रियाकलापहरूबाट सिर्जना हुने समस्याहरूलाई .....